काठमाण्डौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाल अहिले लगानीको लागि सही समय भएको बताएकी छन् ।
लगानी सम्मेलनका क्रममा उनले अहिले नेपालमा स्थिर सरकार भएकोले लगानीको वातावरण बनेको बताएकी हुन् ।
उनले भनिन् ‘पहिले पक्कै पनि चुनौती थिए तर अहिले ती सुल्झिएका छन्।’
उनले संघीयतापछि नेपालमा तीन तहको प्रशासनिक संरचना भएको छ। सरकार आफैले ठूला आयोजनाका लागि पहल गरिरहेको छ। हामीसँग युवा जनशक्ति छ। विकासमा युवाहरुको सहभागिता बढ्दो छ। नेपालको भौगोलिक अवस्था पनि निकै सुहाउँदो खालको लगानीकर्तालाई सुनाइन् ।
भारत र चीन नेपालका दुई छिमेकी मुलुक भएको भन्दै ती मुलुकसँग नेपालको राम्रो व्यापार सम्बन्ध छ। त्यहाँ हामीले बजार खोज्न सक्ने बताएकी छन् ।
नेपालमा पर्यटन क्षेत्र हेर्ने हो भने साहासिक पर्यटनदेखि धार्मिक पर्यटनका सम्भावना छन्।
निजी क्षेत्रको प्रतिनिधिका हिसाबले नेपाल सरकारसँग निकै नजिक भएर काम गर्न पाएको भन्दै नेपालले अहिले साँच्चिकै लगानीका लागि अवसर खोजिरहेको बताइन् ।
FACEBOOK COMMENTS