काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । साथै निगमले हवाई इन्धन ९आन्तरिक र अन्तर्राष्ट्रिय) को पनि मूल्य बढाएको छ ।
मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ र डिजेल÷मट्टितेल प्रतिलिटर ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिक उडानमा प्रतिलिटर दुई रुपैयाँले बढदा ८२ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर बढाएर ७३५ अमेरिकी डलर पुगेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो तीन वर्षकै उच्च रहेको निगमले जनाएको छ ।
आगामी दिनमा पनि मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको भन्दै निगमले मूल्य समायोजन गर्दा पनि १५ दिनमा करिब ६४ करोड रुपैयाँ घाटा हुने गरेको छ । मूल्य समायोजन पश्चात पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर २५८ रुपैयाँ निगमलाई घाटा रहेको छ ।
FACEBOOK COMMENTS