काठमाण्डौँ – विभिन्न ३० नगरपालिकाले“फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरेको छ ।
नगरपालिकाहरूमा फोहोर व्यवस्थापनको मुद्दा चुनौतीका रूपमा देखिएको बेला यि नगरपालिकाले “फोहोरबाट ऊर्जा” उत्पादनका ठूला बायोग्याँस परियोजना सुरु गरेको हो ।
४२ वटा नगरपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग फोहोरबाट ऊर्जा उत्पादनका आयोजना अघि बढाउन माग आएकोमा ३० नगरपालिकासँग केन्द्रले समझदारी गरेर सुरुवात गरिएको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए ।
विश्व बैकसमेतको सहयोगमा केन्द्रले नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमअन्तर्गत नगरपालिकासँग समन्वयका साथै छुट्टै निजी क्षेत्रसँगको सहकार्यमा ठूला बायोग्याँस परियोजना अघि बढाउन लागिएको केन्द्रले जनाएको छ ।
आगामी सन् २०१९ को डिसेम्बरभित्र भने डीपीआर भईरहेका ७ नगरपालिकाबाट २ सय ५ टन जैविक फोहोरमार्फत दैनिक ४ सय १० सिलिण्डर ग्याँस उत्पादन गर्ने लक्ष्यरहेको केन्द्रले जनाएको छ ।
– कारोबार
FACEBOOK COMMENTS