काठमाण्डौं– बेस्ट फाइनान्स लिमिटेडले साविक सिनर्जी फाइनान्सतर्फको संस्थापक र सर्वसाधरणतर्फको अवितरीत हकप्रद सेयर लिलाम बिक्री गर्न सर्वसाधारणका लागि आवेदन खुला गरेको छ।
कुल ८ लाख ५ हजार ८४ दशमलव ४७ कित्ता हकप्रद सेयर खरिदका लागि पुस ११ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
कम्पनीले असार २५ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद सेयर जारी गरी आवेदन माग गरेकोमा पूर्ण आवेदन नगरेपछि कम्पनीको संस्थापकतर्फ ५ लाख ५७ हजार ७ सय ७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४७ हजार ३ सय ९ दशमलव ९० कित्ता लिलाम बिक्रीका लागि सूचना जारी गरिएको छ ।
कम्पनीले सेयरको न्यूनतम १०० रुपैयाँ मात्र तोकेको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
आवेदकहरूले बोलपत्र पेस गर्दा न्यूनतम सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि कम्पनीको सम्पूर्ण शाखा र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडबाट आवेदन दिन सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
FACEBOOK COMMENTS