काठमाण्डौं– मर्सिडिज बेन्जले अल–इलेक्ट्रिक सिटी बसको रुपमा ई–सिटारो ल्याएको छ ।
ई–सिटारो संसारमै सर्बाधिक बिक्री हुने सिटी बस सि टारोमा आधारित छ ।
सहर र सहरोन्मुख क्षेत्रका लागि वातावरणमैत्री सवारी साधन उपलब्ध गराउने लक्ष्य अनुरुप यस प्रकारको बस उपलब्ध गराएको कम्पनीले बताएको छ ।
सिटारो संसारमा ५० हजार भन्दा बढी बिक्री भइसकेका छन् । दुवैमा उस्तै च्यासिस छ । तर ई–सिटारोको बडी भने रिडिजाइन गरिएको छ ।
ई–सिटारोको अघिल्लो भागमा मर्सिडिज बेन्जको लोगो अलि ठूलो छ । यो थ्री डाइमेन्सनल डेकोरेटिभ ट्रिम र ग्लसी सरफेस सहितको छ । यसको रुफमा पनि विभिन्न इक्विपमेन्टहरु मिलाएर राखिएका छन् ।
पछिल्लो भागको टेल लाइट र बम्पर भने स्ट्यान्डर्ड सिटारो जस्तै छन् ।
बसको पछिल्लो भाग र रुफमा समेत लिटियम आयोजन ब्याट्री प्याक राखिएको छ । यसलाई विभिन्न दश मोड्युलमा विभाजन गरिएको छ । प्रत्येकले २५ किलोवाट आवर र सबै गरी करिब २४३ किलोवाट आवर क्षमता छ ।
सिष्टमले सबै गरी ३३५ एचपी पावर र ९७० एनएम टर्क प्रदान गर्छ ।
FACEBOOK COMMENTS