काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका छन्। आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर साम्पाङले सुझाव सार्वजनिक गरेका हुन् ।
उनले सरकारलाई विदेशी हस्तक्षेपबाट मुक्त रहनुपर्ने, एमसीसी र एसपीपी जस्ता सैन्य रणनीतिक सम्झौता गर्न नहुने, छिमेकी देशहरूसँग नियमित छलफल र निरीक्षण गर्ने, नेपाली सेनालाई सीमा रक्षामा परिचालन गर्ने मौलिक शैली, आधुनिक प्रविधि र प्राकृतिक स्रोतको परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेलगायतको सुझाव दिएका छन् ।
नुन, तेल, पेट्रोलियम जस्ता आधारभूत वस्तुको मूल्य सामान्य राख्ने, हप्ताको ३ दिन किताबी ज्ञान र ४ दिन श्रम, सीप तथा उत्पादनमूलक व्यावहारिक शिक्षा दिने नीति बनाउनुपर्ने, कृषिलाई शिक्षा र उद्योगको आधार मान्ने, सिँचाइ, मल र बिउ किसानको पहुँचमा पुर्याउनुपर्ने, एक परिवार, एक रोजगार’को नीति लागू गर्नुपर्नेलगायतको सुझाव दिएका छन्।





