काठमाडौं, मंसिर १३ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र ह्याम्स हस्पिटल धुम्बाराहीबीच नगद रहित उपचार सम्झौता भएको छ । सम्झौताअनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त हस्पिटलमा उपचार गरेमा बीमालेखले खामेसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ ।
यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्नेछ ।
सम्झौतामा कम्पनीकातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र हस्पिटलका तर्फबाट चिफ अपरेटिङ अफिसर सची रेग्मीले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS