काठमाडौं – नेपाल वुमन च्याम्बरको आयोजनामा आइतबार बित्तिय साक्षरता तालिम कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्र बैंकका डिपुटि गभर्नर चिन्तामणी शिवाकोटीले वित्त कारोवारमा अनुशासनहिनतालाई निरूत्साही गर्न पनि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए ।
उनले खाता, बचत र रिणका बिषयमा सबै जना सचेत रहनुपर्ने तर्फ पनि जोड दिए ।
कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले तुलनात्मक रुपमा महिला ब्यवसायीहरु बित्त अनुशासनमा अगाडी रहेको तथ्यान्क प्रस्तुत गर्दै बित्तिय साक्षरता तालिम कार्यक्रमले उनहरुलाई कारोबारमा खरो उत्रन अझ सहयोग मिल्ने बताए ।
त्यसैगरि वुमन च्याम्बरका अध्यक्ष डा. अन्जान शाक्यले महिला ब्यवसायीहरुमा ढुक्क साथ ब्यवसाय संचालन गर्ने अनुकुल वातावरण तयार पार्न बित्तिय साक्षरता तालिम कार्यक्रमले महत्वपूर्ण उपलब्धी हासिल हुने बताईन् ।
करिब १०० जना महिला ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS