काठमाण्डौँ । निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले मेडिकल सेवा थप सुदृढ बनाउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटल सँग सहकार्य सम्झौता गरेको छ ।
बुधबार लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार, जीवन बीमा खरिद गर्न इच्छुक प्रस्तावकहरूले आवश्यक पर्ने मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा गर्न पाउनेछन्। साथै, सो परीक्षणको मेडिकल रिपोर्ट पनि द्रुत रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट सुविधा सहित सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। कम्पनीका अनुसार, यस सहकार्यबाट बीमित, प्रस्तावक तथा कर्मचारी लगायत सरोकारवाला सबै पक्षलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।