काठमाडौँ — सन नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखका कार्यकारी अधिकृत राजकुमार अर्याल र एनआईसी एशिया बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरे।
यस सम्झौता अन्तर्गत एनआईसी एशिया बैंकका सम्पूर्ण ग्राहकहरुले बीमाशुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु एनआईसी एशिया बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ।