काठमाडौं, चैत ३० – सर्वोत्तम सिमेन्टले चितवन र हेटौंडाका भवन निर्माणमा संलग्न प्राविधिक (ठेकेदार)हरुलाई तालिम दिएको छ ।
“बलियो सम्बन्ध, सर्वोत्तम विश्वासको” भन्ने नाराका साथ कम्पनीले घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम प्रदान गराइएको हो ।उक्त तालिममा चितवन क्षेत्रका करिब १५० ठेकेदारहरु तथा हेटौंडा क्षेत्रका करिब ६० जति ठेकेदारहरुको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS