साउन ५ – साउदी अरबका ८४ वर्षका शासक सलमान बिन अब्दुल अजिजलाई राजधानी रियादको किङ फैसल स्पेशलिस्ट अस्पतालमा भर्ना गरिएको छ । साउदीको सरकारी समाचार एजेन्सी एसपीएका अनुसार उनलाई मेडिकल चेकअपका लागि भर्ना गरिएको छ ।
राजा सलमान संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता देशका शासक हुन् । उनको पित्तशैली सुन्निएका कारण जलन हुने समस्या देखिएपछि भर्ना गरिएको हो । उनको स्वास्थ्यबारे थप जानकारी दिइएको छैन ।
राजा बन्नुअघि सलमान साढे दुई वर्ष युवराज रहेका थिए र जून २०१२ मा डेप्युटी प्रिमियर बनेका थिए । उनी ५० वर्षसम्म रियादका गभर्नर पनि रहे ।
FACEBOOK COMMENTS