काठमाडौ, साउन १४ – रुकुमपश्चिमको सोती घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समुहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम मृत्तकका प्रत्येक परिवारलाई पचास हजारका दरले रु तीन लाख, प्रत्येक घाईतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार, कानूनी प्रक्रियाका लागि ८० हजार गरि जम्मा पाँच लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत पीडितहरुलाई हस्तान्तरण गरिएको हो । नगरपालिकाले सोती घटनाका छ जना मृतक र १२ जना घाइतेका परिवारको सहयोगमा प्रयोग गरिने जनाइएको छ । कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
FACEBOOK COMMENTS