काठमाण्डौं—अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा निर्माणाधीन २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।
यो आयोजना सन् २०१० मा निर्माणका लागि ऊर्जा मन्त्रालयले अनुमति दिएपछि सन् २०११ बाट प्रारम्भिक काम सुरु गरी २०१४ बाट कन्स्ट्रक्सनको काम थालेको थियो ।
सन् २०१८ भित्र निर्माण पूरा गर्ने लक्ष्यसहित पूर्ण स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको लागत चार अर्ब ४६ करोड रहेको छ ।
हासम्म आयोजनाको सर्ज ट्याङ्क, पावर हाउस, पाइप बिच्छ्याउने काम, लो प्रेसर वाल, डिसेन्डर ९बालुवा थिग्रर्याउने पोखरी०को निर्माण भइसकेको आयोजनाका साइट प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले जानकारी दिए ।
— गोरखापत्र
FACEBOOK COMMENTS