काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा काम गर्नेछ । यसार्थ नाडा ईभी एक्सपो २०२२ को टिकट खल्तीबाट काट्न सकिनेछ ।
असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पो मा बिद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।
विद्युतीय सवारी साधनबारे जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुको बारेमा जानकारी दिनेछन् ।
एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन्।एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, बिक्री पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन् ।
एक्स्पोमा खल्तीको स्टल पनि रहनेछ जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफरहरुङ्को बारे सम्पूर्ण जानकारी प्राप्त गर्नुको साथै खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।
FACEBOOK COMMENTS