बीओके लिमिटेडका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १०% को छुट
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS