काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ७ हजार ६ सय २५ जनामा गरिएको परीक्षणमा ५५७ मा कोरोना पुष्टि भएको हो।
आइतबार देशभर ६ हजार ६१ जनाको पिसिआर र १ हजार ५ सय ६४ को एन्टीजेन परीक्षण गरिएको थियो। त्यसमा पिसिआरबाट ५ सय २२ र एन्टीजेनबाट ३५ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७७ संक्रमित निको हुँदा ३ जनाले ज्यान गुमाएका छन्। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ।
हाल देशभर १० हजार २ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS