काठमाडौं– अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको मौद्रिक र बित्तीय नीतिलाई ‘सं
कुचनकारी’ बनाउन सुझाब दिएको छ।
पछिल्ला दुई बर्षहरुमा बिस्तारकारी नीति अपनाइएकाले भविष्यमा कडा नीति अपनाउन कोषले सुझाब दिएको हो।
कोषको ‘आर्टिकल फोर मिसनले नेपाल भ्रमण गरेपछि सोमबार सार्वजनिक गरेको प्रतिवेदनले दीर्घकालीन दिगो विकासको लक्ष्य प्राप्त गर्नका लागि बृहद आर्थिक नीति संरचनालाई बलियो बनाउनका लागि कडा नीति आवश्यक भएको उल्लेख गरेको छ।
गत दुई वर्षदेखि बित्तीय नीति बनाउँदा विस्तारकारी नीति अपनाइएको प्रतिवदेनमा भनिएको छ।
विस्तारकारी बित्तीय तथा कर्जा नीतिले आन्तरिक अर्थतन्त्रमा निरन्तर दबाब परिरहेकोले यसबाट बित्तीय क्षेत्रमा जोखिम तथा चालु पुँजीगत घाटामा बृद्धि हुने जोखिम कोषले औल्याएको छ। यसका लागि कोषले आगामी नीति निर्माण गर्दा कडा नीति अख्तियार गर्न तथा दीगो आर्थिक बिस्तारलाई प्रवर्द्धन गर्न भनेको छ।
सन् २०१८÷१९ का लागि ६.५ प्रतिशत आर्थिक बृद्धि प्रक्षेपण गरिएको छ, जसलाई जारी पुनर्निर्माण, जलविद्युत परियोजनाहरुमा लगानी तथा बलियो पर्यटकीय क्षेत्रको गतिबिधिले लक्ष्य प्राप्तिलाई सहयोग गर्ने भनिएको छ।
तथापि बित्तीय तथा कर्जा नीतिहरु धेरै नै बिस्तारकारी भएकाले यसले चालु खाता घाटा बढाउने उल्लेख गरेको छ।
FACEBOOK COMMENTS