काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा सोमबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरुले राजीनामा माग गर्दै प्रदर्शन गरिरहेको बेला अखण्ड नेपाल हिन्दु अधिराज्य पुनःस्थापना विरोधसभा नामको ब्यानरमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गरिएको हो ।
विरोध प्रदर्शनमा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे ।
उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरे । वरिष्ठ अधिवक्ता न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरूलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलन सुरु गरिएको दावी समेत गरे ।
त्यस्तै नेपाल बारले कानुनी सेवा नै गर्न बन्चीत पारेको भन्दै मंगलबार बारका अध्यक्षको कार्यकक्षमा ताला लगाँउने अधिवक्ता आकृति रायमाझिले बताए । सभामा सम्बोधन गर्दै रायमाझिले २० हजार वकिलको प्रतिनिधित्वरहेको बारलाई दश–बिस जनाले बन्दी बनाएको आरोप लगाए ।
FACEBOOK COMMENTS