काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र सिन्हाले राजीनामा दिएका छन् । कम्पनीका एक सञ्चालकका अनुसार सिन्हाले राजीनामा दिएको जानकारी दिएका हुन् ।
साथै कम्पनीले एक सूचना जारी गर्दै सोमवारको बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको समेत नेप्सेमा पेश गरेको सूचनामा उल्लेख गरेको छ । सिन्हाले व्यक्तिगत तथा पारिवारिक कारणले यस कामनीमा निरन्तररुपमा सेवा गरिरहन असमर्थता जनाई राजीनामा दिएका कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS