मलाई तारमतार केहि साथीहरुले फोन गरेर भनिरहेका छन् , “दाई राष्ट्र बैंकले ४–१२ पनि लोन नदिने रे, बैंकको ब्याज पनि अब बढ्छ रे, त्यसैले मैले त आज घाटा खाएर भएपनि बेचिदिएँ ।” यो फोन संवाद आज साँझको प्रमुख विषय भएको छ । राष्ट्र बैंकले मार्जिन लोन बन्द गर्ने हल्ला र ब्याज बढ्ने हल्लाले आज शेयरमा ठुलै गिरावट आएको छ ।
यस्ता थुप्रै आधार नभएका खबर दिन भरि चलिरहँदा नेप्से आज ७९.७९ अंकले घटेर दुई हजार ७ सय ४९ दशमलब ८५ विन्दुमा झर्यो ।
यहि कुरालाई थप बल दिन इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेलले ऋणमुक्त शेयर बजारको अभियान नै सुरु गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा लामो स्ट्याटस नै लेखे र लगानी कर्तालाई झन् अत्याउने काम गरे ।
हल्ला चल्दै गर्दा मंगलबार सुरुवात देखिनै घटेको बजार मन्द गतिमा घट्दो लयमा गयो । जति जति बजारमा हल्लाले व्यापकता पाउँदै गयो त्यसको प्रभाव बजारमा बढ्दै गयो । जसले बजारलाई थप घटाउन टेवा पु¥यायो । ९९ अंक सम्म घटेको बजार अन्तमा ७९.७९ अंकले घटेर बन्द भयो ।
३२ सय अंक पुग्दा किनेर अडिक भएर बसेका लगानीकर्तालाई भने आजको प्रेसरले बेच्न बाध्य बनायो ।
तर सोच्नै पर्ने कुरा सोमबारको तुलनामा कारोबार रकम बढेर ६ अर्ब ५२ करोड माथि उक्लिएको छ । यो अघिल्लो दिनको तुलनामा दुई अर्ब १० करोड रुपैयाँ बढी हो । जुन ४७.६६ प्रतिशत बढी हो । यसले के जनाउँछ भने बोनस खाने बेलामा केहि तत्वहरु बजार घटाएर किन्ने दाउमा बसेका छन् ।
बजारमा सोझो हिसाबले अर्को बुझनै पर्ने कुरा भनेको राष्ट्र बैंक र अर्थ मन्त्रालय अहिले शेयर बजार प्रति सकारात्मक छन् । त्यसैले बैंकहरुले बृद्धि गरिसकेको ब्याज दर पनि फिर्ता लिन लगाएका छन् । त्यस्तै आउने मौद्रिक समीक्षामा ४÷१२ को नीतिलाई परिमार्जन गर्ने संकेत दिईसकेको छ ।
यसरि बजारलाई हल्लाको भरमा घटाएर टाठा बाठाहरुले कमाउने गरेकोमा दुईमत छैन ।
नेपाली बजारको बुल ट्रेन सकिएको छैन । मार्केटले आगामी दिनमा नयाँ उचाई लिने नै छ । तर यस किसिमको प्रचार प्रसार गरेर बजारलाई नै प्रभाव पार्नेहरुलाई कानुनी दायरामा ल्याउन जरुरी भैसकेको छ ।
FACEBOOK COMMENTS