कोभिड-१९ को रोकथाम तथा सामना गर्नकालागि बन्द गरिएका विद्यालय खुल्न थालेका छन् ।
अहिले विद्यार्थीहरू भौतिक रूपमै विद्यालय गएर पढ्न थालेका बेला उनीहरूले खोप कहिले पाउँछन् भन्ने चासो धेरैमा देखिन्छ।
मन्त्रिपरिषद्को बैठकले १२ वर्षका बालबालिकादेखि १८ वर्षसम्मका किशोरकिशोरीलाई लगाउन मिल्ने फाइजर खोपको ६० लाख मात्रा खरिद गर्ने निर्णय समेत गरिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार सो खोप अबको दुई महिनाभित्र क्रमशः नेपाल आउन सुरुहुने र १२ वर्षमाथि देखि १८ बर्ष सम्मका बालबालिकालाई लगाउन मिल्ने बताएका छन्।
यस अघि त्यही उमेर समूहलाई लक्षित गर्ने भनेर मोडर्नाको ४० लाख खोप पनि खरिदको प्रक्रिया सरकारले थालेको थियो। तर मोडर्ना खोप भने विश्व स्वास्थ्य सङ्गठनले अहिलेसम्म १२ देखि १८ वर्षका लागि भनेर नतोकेको कारण सरकारले सो उमेर समूहलाई दिने निर्णयगर्ने अलमलगरेको खोप शाखाका प्रमुखको भनाइ रहेको छ ।
तर खोप जहीले आउला विद्यालय पुनस्सुचारू गर्दा विद्यालयमै बालबालिकालाई सिकाई र तिनको समग्र हेरचाह लगायत स्वास्थ्य, पोषण, मनोसामाजिक सहयोग, खानेपानी, स्वच्छता तथा सरसफाईका क्षेत्रमा पहिलेभन्दा राम्रो हुने गरि व्यवस्था मिलाउन अत्यन्त जरुरि छ ।
FACEBOOK COMMENTS