काठमाण्डौँ — चितवनको सदरमुकाम भरतपुरमा खानाका पारखीहरुका लागि नयाँ रेष्टुरेन्ट “प्रेसिडेन्ट सेकुवा” सञ्चालन आएको छ ।
राजधानी काठमाडौँमा चर्चीच बनेको “प्रेसिडेन्ट सेकुवा” को आठौँ शाखा चितवनको भरतपुर ओरालोमा सञ्चालन आएको हो ।
आठौँ शाखाको एक भव्य समरोहका विच भरतपुर महानगरीकी उमेयर पार्वती शाहले उद्धघाटन गरेकी थिईन् ।
उनले फरकपनसहित मौलिक खानाको स्वाद लिन चाहाने खानाका पारखीहरुलाई प्रेसिडेन्ट निकै उपयोगी हुने बताईन् ।
यस्तै सोही अवसरमा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले आर्थिक रुपमा ईर्मेजिङ्ग सिटि भरतपुरमा अनुभवी रेष्टुरेन्टले थप उचाई दिलाउने बताए ।
FACEBOOK COMMENTS