काठमाण्डौँ — शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ ।
प्रतिकित्ता रु ३०० का दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
उक्त शेयरमा फागुन ९ गतेसम्म आवेदन दिन सकिने छ ।
यो अवधिमा सबै शेयर नबिके चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
सर्वसाधारणका खुला भएको ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्तामा कम्पनीका कर्मचारीले आवेदन दिन सक्ने भएका छन् ।
FACEBOOK COMMENTS