काठमाण्डौँ — जापानले अनुमति दिन ढिलाइ गरेपछि नेपाल वायुसेवा निगमको नेपाल–जापान उडान पछाडि धकेलिएको छ।
निगमले फेब्रुअरी पहिलो सातादेखि वाइड बडी विमान काठमाडौं–ओसाका उडान गर्ने योजना गत कात्तिकमा सार्वजनिक गरेको थियो।
त्यसैगरी निगमका कार्यकारी अध्यक्ष मदन खरेलले मंसिर ९ गतेको संघीय संसदको सार्वजनिक लेखा समितिमा समेत फेब्रुअरी पहिलो साता वाइड बडी विमान जापान उडाउने प्रतिवद्धता गरेका थिए।
निगमले सोहीअनुरुप काम गरे पनि जापानले अनुमति दिन ढिलाइ गरेपछि जापान उडान अन्योल भएको निगमका प्रवक्ता नवराज कोइरालाले बताए र
जापानले अहिले कागजपत्र पुनरवलोकनको काम गरिरहेको छ।
— नागरीक
FACEBOOK COMMENTS