काठमाडौं – मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले फास्ट ट्रयाकबाट निर्णय गराएर छिट्टै नै मेलम्ची ल्याउने बताएका छन् ।
सञ्चार केन्द्र नेपालले राजधानीमा ‘मेलम्ची विवाद समस्या र समाधान’ विषयक छलफलमा कँडेलले नयाँ टेन्डर प्रक्रिया गराएर काम थालिए असारअघि पानी नआउने एक वर्ष पर धकेलिने बताए ।
सरकारले फाष्ट ट्रयाकमार्फत आयोजनालाई काम गर्न मार्ग प्रशस्त गरे ८(१० दिन भित्रै काम थाल्ने उनको भनाइ थियो । ‘अहिले सीएमसीले अलपत्र छाडेर गएका जति पनि काम छन्, ती सबै विशिष्ठीकृत काम छन् । त्यसलाई नेपाली ठेकेदारले पनि गर्न सक्छन् तर सीएमसीले नै लगाएका ठेकेदारहरुलाई गराउन सकिन्छ,‘ कँडेलले भने, ‘छिटै काम थालियो भने राजधानीमा असारअघि नै पानी झार्छौं ।’
संसदको विकास तथा प्रविधिक समितिकी सभापति कल्याणी खड्का, पूर्व खानेपानी सचिव भीम उपाध्याय, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेल, आयोजनाकै पूर्व सदस्य एवं मेलम्चीका समाजसेवी पासाङ टेक्वा लामाले जे उपाय गरेर हुन्छ मेलम्ची छिटो सक्नुपर्नेमा जोड दिए ।
पूर्व सचिव उपाध्यायले जसले जति कमिसन खाए पनि मेलम्ची छिटो आउनुपर्ने धारणा राखे । ‘कमीसन खानेहरु पछि फन्दामा पर्छन्, तर मेलम्चीलाई कमीसनकै कारण रोक्नु हुन्न,’ उनले भने ।
विकास तथा प्रविधि समतिकी सभापति खड्काले आयोजना र मन्त्रालयले समयमै विश्लेषण नगर्द मेलम्ची पर धकेलिएको बताईन्। उनले निर्माणकम्पनीलाई भुक्तानी बुझाउँदा लगानी सूनिश्चितताको आधार नदेखि भटाभट भुक्तानी गर्नु आयोजना र मन्त्रालयको दोष रहेको बताइन् ।
FACEBOOK COMMENTS