काठमाण्डौं — विदेशमा समस्यामा परेका नेपालीका परिवारले अब कन्सुलर सेवाको लागि निवेदन दिन काठमाडौं आउन नपर्ने भएको छ ।
परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले बुधबारदेखि नै ‘नेपाल कन्सुलर मोबाइल एप्स’ सेवा सुरु गरेपछि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको हो ।
उनीहरुले परराष्ट्र मन्त्रालयलाई मोबाइलबाटै निवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।
‘शव झिकाउन, वेपत्ताको खोजतलास गर्न, क्षतिपूर्ति र अन्य गुनासाका निवेदन मोवाइलबाटै दिन सकिने कन्सुलर विभागका महानिर्देशक गिहेन्द्रराज भण्डारीले बताए ।
आफूले दिएको निवेदनको विषयमा कारबाही कहाँसम्म पुगेको छ/ के भइरहेको छ भन्ने प्रगति अवस्था आफ्नै मोवाइलबाट हेर्न सकिने उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS