पोखरा कातिक २९ ,राष्ट्रिय प्रजातन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश अध्यक्षमा धर्मराज जोशी सर्वसम्मत चयन भएका छन। आईतवार कैलालीको धनगढीमा सम्पन्न प्रदेश अधिवेशनले कञ्चनपुरका जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। प्रदेश अध्यक्षका लागि बैतडीका गणेश चन्द र कञ्चनपुरका हिक्मत भण्डारीले पनि दाबेदारी प्रस्तुत गरेका थिए ।
अन्तिम समयमा ती दुवैले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएपछी जोशी सर्वसम्मत निर्वाचित भएको राप्रपाले जनाएको छ। कञ्चनपुरका पुराना राजनीतिकर्मी जोशीलाई लामो समय राप्रपामा बसेर काम गरेको अनुभव छ ।
उनी यसअघि पार्टीको सहमहामन्त्री र कार्य सम्पादन समितिको सदस्य समेत रहेका थिए। अधिवेशनको राप्रपाका पूर्व महामन्त्री जयन्त चन्दले उद्घाटन गरेका थिए । सुदूरपश्चिमका ९ वटै जिल्लाका स्थानीय तह, प्रादेशिक र संघीय क्षेत्रलगायतबाट अधिवेशनमा ७ सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो।
FACEBOOK COMMENTS