काठमाडौं । २०७७ भदौमा राजस्व बोर्डको सदस्यमा नियुक्त भएका निर्मलहरि अधिकारीले राजीनामा दिएका छन्। केपी ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बोर्ड सदस्य नियुक्त भएका अधिकारीले नयाँ सरकार आएपछि राजीनामा दिएका हुन्।
उनले बुधबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्।
बोर्डको अध्य महेश दाहाल छन्। अधिकारी अर्थमन्त्रालयका पूर्व सहसचिव हुन्। उनी त्यहाँ राजश्व महाशाखा प्रमुख थिए। उनी केही समय राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्ष पनि भएका थिए।
बोर्डले संरचनात्मक, नीतिगत र ब्यवसायीमैत्री कर प्रशासन विकास गर्ने काम गर्छ। त्यसलाई सरकारले कार्यान्वयन गर्नु पर्ने हुन्छ। बोर्डले कर सुधारका बारेमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन दिन्छ।
राजस्व परामर्श समितिलाई प्रतिस्थापन गरेर बोर्ड गठन गरिएको थियो।
FACEBOOK COMMENTS