पोखरा मंसिर १ , बलिउड नायिका कट्रिना कैफ छिटै विवाह गदैछिन् । प्रेमी विक्की कौशलसंग विवाह गर्न लागेकी हुन् । विवाहको तयारी सकिएको भएपनि उनीहरुले सार्वजनिक रुपमा केही बताएका छैनन् । कट्रिनाको विवाहको खबर सार्वजनिक गर्दा उनको नयाँ फिल्मको खबर छाँयामा पर्ने र त्यसले ब्यवसायमा पनि असर गर्ने भएकाले विवाहको खबर गोप्य राखेकी छन्।
यस वर्ष बलिउडमा विवाहको लहर चलेकै बेला कट्रिनाले पनि त्यो अवसरको सदुपयोग गरिन् । कलाकारद्वय कट्रिना कैफ र विक्की कौशलको विवाहको प्रतीक्षा गरिरहेका छन् फ्यानहरू।
भारतीय सञ्चारमाध्यमअनुसार दुई जनाले आगामी डिसेम्बर ७ देखि ९ तारिखबीच राजस्थानको सवाई माधोवपुरस्थित सिक्स सेन्सेस फोर्ट बारवरा रिसोर्टमा विवाह गर्नेछन्। दुवै कलाकारका टोली तयारी हेर्न जयपुर पुगेका छन्। विवाहमा नजिकका साथी र परिवारका सदस्यलाई मात्र बोलाइएको छ। कट्रिनाको सबैभन्दा नजिकका साथी सलमान खानलाई उनले आफ्नो विवाहको पहिलो निम्ता दिएकी थिइन् । सलमानको परिवारसंग पनि कट्रिनाको निकै राम्रो स म्ब न्ध छ। तर सलमान भने कट्रिनाको विवाहमा नजाने भएका छन् । तर विवाहको निमन्त्रणा भने सबैभन्दा पहिला सलमान खान र उनको परिवारलाई पठाइएको बताइएको छ।
सबैलाई थाहा भएकै कुरा हो– कट्रिना कैफ र सलमान खानबीच पारिवारिक सम्बन्ध छ। राम्रो होस् वा नराम्रो दुवै समयमा प्रायः कट्रिनाका साथमा सलमान खान हुने गरेका छन्। आफ्नो विवाहमा दुवै कलाकारले बलिउडका साथी र सल्लाहकारलाई बोलाउने भएका छन्। यो सूचीमा करण जोहर, कियारा आडवाणी, सिद्धार्थ मल्होत्रा, मिनी माथुर र रोहित सेट्टीको नाम पनि छ। साथै वरुण धवन र नताशा दलाल पनि विवाहमा सहभागी हुन सक्नेछन्।
FACEBOOK COMMENTS