काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा कडाइ गर्दै ४ र १२ करोडको सिमा तय गर्यो । कुनै एक व्यक्ति तथा कम्पनीले सेयर धितो कर्जामा एउटा बैंकबाट ४ करोडसम्म लिन सक्ने तथा बैंक तथा वित्तीय संस्था समग्रमा १२ करोडभन्दा लिन नपाउने व्यवस्था लागू गर्यो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको सेयर कर्जा सम्बन्धी उक्त व्यवस्था सँगै सेयर बजारमा नराम्रो असर पर्यो । फलस्वरुप नेप्से ओरालो लाग्यो ।
अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिको पहिलो समीक्षा अघि गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरेका थिए । अर्थमन्त्रीले गभर्नर अधिकारीलाई सेयरधितोको व्यवस्था परिवर्तन गर्न निर्देशन दिएका छन् ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार अर्थमन्त्रीले गभर्नर अधिकारीलाई अहिलेको सेयरधितोको व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा असर गरेको र यसलाई परिवर्तन गर्न भनेका छन् ।
नेपाल राष्ट्र बैंकमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयरधितोको व्यवस्थालाई अहिलेलाई परिवर्तन गरेर आगामी सातासम्ममा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ ।
राष्ट्र बैंकमा ४ करोडको सीमालाई १० करोड र १२ करोडको सीमालाई ३० करोड बनाउने तथा सेयरधितोमा ७० प्रतिशतसम्म दिएको कर्जालाई ६५ प्रतिशतसम्म झार्ने तयारी भएको छ । यसबाहेक कम्पनीले सेयर धितो राखेर ऋण लिएमा भने कुनै सीमा नलगाउने तयारी भएको छ ।
FACEBOOK COMMENTS