काठमाण्डौँ — अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने भएको छ ।
इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।
सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS