काठमाण्डौँ — काठमाण्डौको भृकुटीमण्डपमा चौथो खाद्य मेला शनिबार पनि जारी छ ।
स्थानीय र कम प्रचलनमा रहेका पोषिला खाद्यवस्तुको प्रचार तथा प्रवर्द्धन गर्ने उदेश्यले मेला आयोजना गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं’ भन्ने नाराका साथ शुक्रबार देखि मेला सुरु भएको हो ।
आइतबारसम्म संचालन हुने मेलामा नेवारी, थारु, तामाङ लगायत जातिका परिकारका १५ स्टल छन् ।
त्यस्तै विभिन्न संघसंस्थाका जानकारीमूलक २२ र अचार, भुजिया जस्ता घरेलु उद्योगका ३८ गरी ७५ स्टल रहेका छन् ।
FACEBOOK COMMENTS