काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले काँग्रेसको रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव अघि सारेका छन् । मंगलबार काठमाडौंमा ‘नेपाली काँग्रेस आमूल रुपान्तरणको प्रस्ताव’ सार्वजनिक गरेका हुन् ।
पार्टीलाई गुटवाद, नातावाद, चाकरीवाद र पैसावालाको कब्जाबाट मुक्त गराउन आवश्यक रहेको शाहीको भनाइ छ ।
पार्टीभित्र विपन्न र संकटमा परेका कार्यकर्तालाई सहयोग गर्न स्थायी प्रकृतिको कोष निर्माण गर्नसमेत शाहीले प्रस्ताव गरेका छन् ।
FACEBOOK COMMENTS