काठमाडौं – चौधरी ग्रुपले नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरको छ ।
चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा.लि’को उत्पादन र प्रर्बधनमा माल्टोजीङ्ग बजारमा ल्याईएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालका लागि फ्रान्सका राजदूत अर्नुद जेन च्याम्पीले ‘माल्टोजीङ्ग’को सार्वजनिकरण गरेका थिए ।
माल्टोजीङ्ग आजैदेखि नेपालका सबै किराना पसलमा उपलब्ध हुने कम्पनीका कार्यकारी निर्देशक पारस शाक्यले बताए ।
माल्टोजङ्ग बजारमा रहेका अन्य उत्पादन भन्दा गुणस्तरीय तथा सुपत मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत होम न्यौउपानेका अनुसार माल्टोजीङग हाल क्लासिक माल्ट र चोकलेट गरी दुई स्वादमा बजारमा ल्याईएको छ । चोकलेट स्वादमा प्रतिबट्टा ३५० रुपैयाँ र क्लासिक माल्ट स्वादमा प्रतिबट्टा ३३० रुपैयाँ मूल्य तोकिएको छ ।
नेपालमा विद्यमान कुपोषण तथा पुड्कोपनाको समस्यालाई पनि सम्बोधन गर्ने उदेश्य राखिएको उनले बताए ।
FACEBOOK COMMENTS