काठमाडौं । एसियन यु १४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को चारै प्रतिस्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइजरगल्र्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो ।
पाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा नेपालका सक्षमविक्रम शाहले दर्शिल श्रेष्ठलाई ६.१ र ६.० को सोझो सेटमा पराजित गरे । पाकिस्तानका अमिर मुहम्मद खान मजारी र भारतका सिद्धार्थ जिबु संयुक्त रुपमा तेश्रो भएका हुन् ।
पाँचदिने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका ३३ खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
FACEBOOK COMMENTS