पोखरा मंसिर १२, भोजपुरको कावाखोलामा पाँच करोड भन्दा बढीको लागतमा निर्माण भइरहेको पक्की पुल भाँचिएको छ ।
हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्न कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल भाँचिएको हो ।
४५ मिटर लम्बाइ, ६ मिटर चौडाइ रहेको पुलमा दुवैतिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको थियो । पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधिकले बताएको भए पनि पुल निर्माणको क्रममा भाँचिएको छ ।
भोजपुरमा प्रदेश सरकारको पूर्ण लागतमा आठ ओटा र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई वटा गरी १० वटा पुल निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।
कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् । पुल भत्किएको विषयमा छानबिन गर्न काठमाडौँबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।
FACEBOOK COMMENTS