पोखरा मंसिर १३ , म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग खोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट बेग खोलाको गाउँतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनामा अन्य छ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा परी खिमु पुन र खिमानन्द शर्मा नाम गरेका दुई जना यात्रुको मृत्यु भएको छ। मृतकको ठेगाना खुलिसकेको छैन।प्रहरीले दिएको जानकारीअनुसार बेग खोलाकाे उकालो जाँदै गरेको जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको निरीक्षक केसीको भनाई छ।
FACEBOOK COMMENTS