काठमाडौं । हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल–२०२२ क्रिकेट प्रतियोगिता नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सिता राना मगरले खेल्ने भएकी छिन् । आज क्विन्स इभेन्ट मेनेजमेन्टले पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको छ ।
विदेशी प्रतियोगिता खेल्ने सिता पहिलो नेपाली महिला क्रिकेट खेलाडी हुन् । फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी बाट मान्यता प्राप्त महिला टी.२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता आगामी १ देखि १५ मे सम्म आयोजना हुनेछ ।
६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरुको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैङ्ङ्गिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।
FACEBOOK COMMENTS