वीरगञ्ज । नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ । बितेको ३ महीनामै भारतीय बन्दरगाहबाट नेपालका लागि ढुवानी सेवा दिने यस्ता कम्पनीको संख्या ३ पुगेको छ ।
यसअघि भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार रहेकोमा अहिले तीनओटा कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ढुवानी सेवा दिइरहेका छन् । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीमा मुख्य साझेदार प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि भारतको कोलकाता र विशाखापत्तनम्बाट ढुवानी थालेको छ ।
यो कम्पनी वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का लिएको प्रिस्टाइन भ्याली ड्राइपोर्ट पोर्ट प्रालिको मुख्य साझेदार हो । विशाखापत्तनम् बन्दरगाहबाट कन्टेनर लिएर शनिवार प्रिस्टाइनको रेल वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेको प्रिस्टाइनका व्यापार तथा बजार व्यवस्थापक महम्मद नबिल अख्तरले बताए
यो कम्पनीले भारतकै कोलकाता बन्दरगाहबाट पनि वीरगञ्जका लागि सेवा शुरू गरिसकेको छ । केही दिनअघि कोलकाता बन्दरगाहबाट औद्योगिक कच्चा पदार्थ, प्लास्टिक, विद्युतीय समान, तयारी कपडासहितका सामानका ९० कन्टेनरको ¥याक वीरगञ्ज भिœयाएको अख्तरले जानकारी दिए । २ महीनाअघि नै सेवा सञ्चालन गरेको हिन्द टर्मिनलले अहिलेसम्म सुक्खा बन्दरगाहमा आठओटा ¥याक ल्याइसकेको छ । भारतमा बन्दरगाह र रेलसेवामा सक्रिय जेएन बक्सी समूहले पनि ढुवानीको तयारी थालेको छ ।
नेपाल र भारतबीच सन् २००४ मा भएको रेलसेवा सम्झौताले रेलमार्पmत हुने ढुवानीमा कोन्करलाई एकाधिकार दिएको थियो । गत जुलाईमा सम्झौता संशोधन भएको थियो । संशोधित सम्झौताले भारतका निजी रेलसेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने बाटो खोलेको छ । नेपाल रेलवेले भने अहिलेसम्म यसका काम अघि बढाएको छैन ।
समुद्रपारबाट आउने कार्गोको ढुवानीमा प्रतिस्पर्धी कम्पनी आएपछि कोन्करले ढुवानीको भाडा स्वात्तै घटाएको छ । कोन्करले पहिलो प्रतिस्पर्धी कम्पनी हिन्द टर्मिनलले वीरगञ्जमा र्याक भित्र्याएकै दिन भाडा घटाएको सूचना निकालेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS