काठमाडौं। आईतबार भएको एक मात्र लिग खेलमा आर्मीले ब्रिगेड ब्वाईजलाई १.० ले हराएको छ । यसअघि लगातार दुई खेल बराबरी खेलेको आर्मीले ब्रिगेड विरुद्ध गोल गर्न संघर्ष गर्नुपरेको थियो ।
खेल सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान भरत खवासले गोल गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ।
जितपछि ३ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । यसअघि एक जित र एक बराबरी नतिजा निकालेको ब्रिगेडको यो पहिलो हार हो। जितसँगै सुरुआती तीन खेलबाट ५ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंक जोडेको बीबीसी सातौं स्थानमा छ ।
FACEBOOK COMMENTS