धनगढी । बझाङमा चरेशसहित पक्राउ परेकी एक महिलाले प्रहरी हिरासतमै आत्महत्याको प्रयास गरेकी छन्। पाँच दिन अघि २८ किलो चरेशसहित पक्राउ परेकी जयपृथ्वी नगरपालिका–३ की ३२ वर्षीया कल्पना रोकायाले आइतबार दिउँसो करिब १२ बजेतिर आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शौचालय गर्न गएका बेला झुण्डिएर आत्महत्याको प्रयास गरेको महिला प्रहरीले थाहा पाएपछि रोकायाको घाइते अवस्थामा उद्दार गरिएको थियो।
अहिले जिल्ला अस्पतालमा उपचाररत उनको अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको सुदूरपश्चिम अनुसन्धान समूह९आरआइटी० र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई लागुऔषध चरेशसहि गत १४ मंसिरमा पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS