जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक जना वडा अध्यक्षकै अगुवाइमा मेयर लालकिशोर साहको पुत्ला जलाइएको छ । सोमबार साँझ वडा अध्यक्ष जानकीराम साहको अगुवाइमा मेयर साहको पुत्ला जलाइएको छ । चोक नजिकै थुपारिएको फोहोरमा आगो लगाउँदै उनीहरुले मेयरको पुत्लासमेत जलाएका छन् ।
विवाहपञ्चमी महोत्सव चलिरहँदा पनि मेयरले नगरलाई सफा बनाउन नसकेको भन्दै वडा अध्यक्ष साह, वडा सदस्यहरु एवं स्थानीय मिलेर मेयरको पुत्ला जलाएका हुन् । पुत्ला जलाउने क्रममा उनीहरुले ‘भ्रष्ट मेयर मुर्दावाद, जनकपुरलाई सफा गर, घूसखोर मेयर मुर्दावाद, जनकपुरको फोहोर व्यवस्थापन गर’ जस्ता नारा लगाएका छन् ।
नगरमा थुप्रिएको फोहोर हटाउन ध्यान नदिएको भन्दै वडा अध्यक्षहरुले यसअघि १४ कात्तिकमा मेयरको घर अगाडि फोहोर थुपारेका थिए । यस्तै, ६ मंसिरमा मेयरको कार्यकक्षमा तालाबन्दी गरी मुख्य गेटमा धर्नासमेत दिएका थिए ।
FACEBOOK COMMENTS