२१ मंसिर,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक १६ सय १३ जना कर्मचारीको सरुवा गरेको छ । लोकसेवा आयोगबाट स्थानिय तहमा सिफारित भई स्थायी नियुक्ती र अन्तर स्थानिय तह कामकाजमा खटाउन यस मन्त्रालयबाट हालसम्म निवेदन पेश गरेका कर्मचारीहरुलाई मन्त्रालयको निर्णयअनुसार कामकाजमा खटाइएको हो ।
विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका ती कर्मचारीलाई अन्तिम पटकका लागि भन्दै सरुवा गरिएको हो । यसरी निवेदन दिएकामध्ये ५७ जनाको भने सरुवा अस्वीकृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS