ललितपुर । एक सहकारीको लेटरप्याडका आधारमा विदेश जान लागेका ७६ यात्रुलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ । उनीहरु विदेश जानुको उद्देश्यप्रति शङ्का देखिएपछि फर्काइएको हो ।
यसरी विदेश जान लागेकामा ७० प्रतिशत महिला छन् । उनीहरु ललितपुरको शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई जान लागेको पत्र ल्याएको विभागले जनाएको छ । उक्त विषयमा विमानस्थलको अध्यागमन कार्यालयले अध्यागमन विभाग र गृहमन्त्रालयमा लिखित जानकारी गराउने उनले बताए । सो विषयमा आज मात्रै नेपाल वायुसेवा निगमनबाट जानकारीसहितको पत्र प्राप्त भएको जनाइएको छ ।
उनीहरु आइतबार राति त्रिभुवन विमास्थलबाट दुबई उड्दै थिए । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले केही परिवारसहित आएका व्यक्तिहरु भने प्रमाणका आधारमा विदेश पठाइएको जानकारी दिए । उनका अनुसार नियमन गर्ने निकायबाट अनुमति लिएर ल्याउन भनेर फर्काइएको हो ।
FACEBOOK COMMENTS