पोखरा मंसिर २५, नेपाल सरकारले प्रशोधित घाँसको व्यावसायिक उत्पादन र निर्यातका लागि बाटो खुला गरिदिए पनि घाँस उत्पादकहरूले भने निर्यात गर्न पर्याप्त घाँस नभएको बताएका छन्।
केही दिन अघिको मन्त्रिपरिषद् बैठकमा प्रशोधित घाँस चीन निर्यात गर्नका लागि दुई देशबीच सम्झौता गर्न बनाइएको प्रोटोकल स्वीकृत भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार चीन सरकारको तर्फबाट मस्यौदा बनेर आएको प्रोटोकलमा नेपाल सरकारको सुझाव समावेश गरी स्वीकृत गरिएको हो।
“प्रोटोकलमा घाँसको गुणस्तर, रोग र परीक्षण सम्बन्धी व्यवस्था, रकम आदिबारे उल्लेख गरिएको छ,” सन्जेलले भने,”उक्त प्रस्ताव चीन सरकारबाट पनि स्वीकृत भएपछि कार्यान्वयन हुन्छ।” यस प्रोटोकलले नेपालका घाँस उत्पादक एवं व्यवसायीहरूलाई प्रत्यक्ष आर्थिक फाइदा पुर्याउने उनको दाबी छ।
FACEBOOK COMMENTS