काठमाडौं। दुई दिनदेखि उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको दुई घण्टा नबित्दै नेप्से सूचक पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।
मंगलबार १२ : ३८ बजेसम्ममा नेप्से ११४.२५ अंकले बढेर २३९५.९२ अंकमा पुगेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका कारण आइतबार र सोमबार बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो ।
आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि त्यसको बचाउमा प्रचण्डले स्पष्टीकरण दिइसकेका छन् ।
FACEBOOK COMMENTS