विराटनगर । तीन दिनदेखि वेपत्ता बालिकाको शव खाल्डोमा गाडेको अवस्थामा फेला परेको छ । मोरङको रंगेली नगरपालिका– २ नहर टोलकी २ वर्षीया बालिका निशा उराउको शव खाल्डोमा फेला परेको हो ।
दुई दिनदेखि बेपत्ता निशाको शव घरदेखि ६० मिटर टाढा पोखरी छेउमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो ।
पोखरीमा जाल हानेर पनि खोजिएको थियो । तर मंगलबार घर नजिकै भर्खरै खनिएको खाल्डोमा शव भेटीयो ।
बेपत्ता बालिकाको शव भेटिएपछि अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
FACEBOOK COMMENTS