काठमाडौं । यूएस ओपन च्याम्पियन इम्मा राडुकानुलाई कोरोना संक्रमण देखिएको छ । कोभिड १९ देखिएपछि यसै साता सुरू हुने मुबादाला विश्व टेनिस च्याम्पियनसिपबाट उनले नाम फिर्ता लिएकी हुन् ।
उनी एन्डी मुरे, राफेल नाडाल लगायत पुरुष र महिलातर्फको खेलमा मुख्य खेलाडीहरूसँग एक्जिबिसन समारोहमा सहभागी हुन युएई गईसकेकी थिइन् ।
राडुकानु विहीबार अबुधावीमा ओलम्पिक च्याम्पियन बेलिन्डा बेनकिकको सामना गर्ने तय भएको थियो ।यसै वर्ष यूएस ओपन जितेकी राडुकानु छनोट खेलेर ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी हुन् ।
FACEBOOK COMMENTS