काठमाडौँ– अध्यागमन विभगले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका ६७ मुलुकबाट आउने यात्रुलाई अनिवार्य रुपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था स्थगन गरेको छ ।
विभागले एक सूचना जारी गरी अर्को सूचना नआएसम्मका लागि उक्त व्यवस्था स्थगन भएको जनाएको छ । विभागले शुक्रबार मात्रै सूचना जारी गरी होटल क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गरेको थियो ।
स्वास्थ्य मन्त्रालयबाट आएको पत्रका आधारमा शुक्रबार नै उक्त व्यवस्था लागू गरिएको तर कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसी का अधिकारी तथा गृह मन्त्रालयबाट समेत तत्कालका लागि उक्त व्यवस्थालाई पुनःविचार गर्नुपर्ने देखिएको र थप छलफल गर्नुपर्ने कुरा आएकाले तत्कालका लागि उक्त व्यवस्था स्थगन गरिएको विभागकाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS